काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।
तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो । सोही अनुसार उनलाई अहिले रिहा गर्न लागिएको हो । उक्त विषयमा सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।
पत्र लेख्ने व्यक्तिलाई नै नियन्त्रणमा लिएर अनुशन्धान अघि बढाएको छ । यो प्रकरणपछि नाउपा र जनमत पार्टीबीच आजै एकता हुने भएको छ । एकता घोषणासँगै सरकारबाट बाहिरिने तयारी रहेको बताइएको छ । यसो हुँदा सत्तापक्षलाई ठूलो धक्का लाग्नेछ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार

