२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

एसइई उत्तरपुस्तिका परीक्षण सुरु, वैशाखभित्रै सक्ने तयारी

काठमाडौं । सरकार र शिक्षकबीच सहमति भएपछि कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु भएको छ। बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा उत्तरपुस्तिका परीक्षण सुरु गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनिका अनुसार ५० भन्दा बढी शिक्षक परीक्षणमा सहभागी छन्। परीक्षण कार्य वैशाखभित्रै सम्पन्न गर्ने योजना रहेको उनले बताए।

कुल करिब ४ हजार ५ सय उत्तरपुस्तिका परीक्षणका लागि आएका छन्। परीक्षणपछि सम परीक्षण (re-checking) पनि हुने बताइएको छ। प्रति उत्तरपुस्तिका २० रुपैयाँ पारिश्रमिक प्रदान गरिने छ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस