२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

 १९ बैशाख, काठमाडौँ ।  सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ। आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए । ‘स्वास्थ्यसम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ राष्ट्रपति पौडेलले भने ।

नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने,
नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस