२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राष्ट्रिय सभाका १९ पद रिक्त हुँदै

काठमाडौं । आगामी फागुन २०८१ मा राष्ट्रिय सभाका १९ जना सदस्यहरूको कार्यकाल सकिँदैछ। जम्मा १९ जना सदस्य बिदा हुँदैछन्। सबैभन्दा धेरै नेकपा (एमाले) बाट ८ जना छन्। उनीहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन्।

माओवादी केन्द्रबाट ७ जना बिदा हुँदैछन्। ती हुन्— गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान।

एकीकृत समाजवादीबाट बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट शेखरकुमार सिंहको पनि कार्यकाल सकिनेछ। राष्ट्रपतिबाट मनोनीत बामदेव गौतमको कार्यकाल पनि फागुनमा सकिनेछ। यो परिवर्तन नेपालको राजनीतिमा ठूलो अवसर हो। नयाँ अनुहारहरू आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस