२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै नेपालको निकास : सोबिता गौतम

Sobita Gautam

काठमाडौं । रास्वपाकी सांसद सोबिता गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प नरहेको बताएकी छन्। कास्कीमा पार्टी कार्यालय उद्घाटनको अवसरमा उनले जनताले प्रत्यक्ष नेताबाट परिवर्तनको आशा गरेको उल्लेख गरिन्।

उनले सरकारको नीति कार्यक्रम पुरानै शैलीमा सीमित भएको, कार्यान्वयन नभएको जनाउँदै भ्रष्टाचार ढाकछोप गर्न सत्ता गठबन्धन भएको आरोप लगाइन्।

गौतमले पोखरा, वाइडबडी र भुटानी शरणार्थी काण्ड उजागर गरिएको तर छानबिन रोकिएको बताउँदै, भ्रष्टाचार विरुद्ध जनताको समर्थन रहेको बताइन्। साथै, उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध स्वरूप मुद्दा लगाइएको दाबी गरिन्।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस