२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सेना र सशस्त्रले फेवातालमा फसेकालाई गर्यो सकुशल उद्धार

पोखरा । हावाहुरीका कारण डुङ्गामा सवार यात्रुहरू फसेपछि पोखराको फेवातालमा उद्धार अभियान चलाइएको छ। सोमबार दिउँसो आएको एक्कासि हावाहुरीपछि डुङ्गामा रहेका यात्रुहरू अलमलिएका थिए।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार, एक जना युवक फेवातालमा डुबेका थिए, जसको सकुशल उद्धार गरिएको हो। फेवाताल रेस्क्यु टावरमा तैनाथ सशस्त्र प्रहरीका गोताखोर टोलीले उद्धारमा खटिएको थियो।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी सन्तोष निरौलाले दुई जनालाई सशस्त्र प्रहरीले र एक जनालाई नेपाली सेनाले उद्धार गरेको जानकारी दिए। उनका अनुसार सबै जना सकुशल छन्।

“एक्कासी हावाहुरी चलेपछि २ जनालाई सशस्त्र प्रहरी र १ जनालाई नेपाली सेनाले उद्धार गरेको हो,” डिएसपी निरौलाले भने, “डुङ्गा पल्टिएको होइन, सामान्य अवस्था हो। कोही कसैलाई केही भएको छैन।”

 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस