२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा चलाउने निर्णयमा पुगेका अख्तियार यसकारण ब्याक

Madhav Nepal's request with Oli and Prachanda

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएपछि मुद्दा चलाउने निर्णय गरेको थियो। तर, सूचना चुहिएपछि राजनीतिक हस्तक्षेप र चौतर्फी दबाबका कारण अख्तियार पछि हटेको छ।

प्रमुख दलका नेताहरूको दबाबपछि अख्तियारले सबै प्रक्रिया रोकेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र अन्य शीर्ष नेताले ‘राजनीतिक प्रतिशोध’ को आशंकामा हस्तक्षेप गरेका थिए। निर्णय अभिलेखमै नराख्ने गरी हटाउन सकिने प्रावधान भए पनि यो विषय धेरै कर्मचारीसम्म पुगेकाले अब लुकाउन गाह्रो हुने देखिन्छ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस