२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रदीप नेपालको पार्थिव शरीरमा श्रद्धाञ्जली कार्यक्रम राखिएन, विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौं । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको दाहसंस्कार गरिएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा राखिएन ।

नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रद्धाञ्जली सभामा उपस्थित भएनन् । उनको सचिवालयका अनुसार परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी भएनन् । एमालेमा कुनै बेला प्रभावशाली नेता रहेका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय थिए ।

उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री थिए । त्यसपछि शिक्षामन्त्री पनि बनेका थिए । २०६५ सालको आठौं महाधिवेशनमा महासचिव, ०७१ सालको नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार थिए । तर, दुवै चुनावमा उनी पराजित बन्न पुगे ।

 

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस