२८ बैशाख , काठमाण्डौँ । भोलि सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा शेयर बजार पनि बन्द हुनेछ ।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार

