२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा ४२ लाखसहित पक्राउ परेका दुई जनाको अपराध खुल्यो, के छ न्यूरोड कनेक्सन?

काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २३ वर्षीय बिजय कुमार राई (खोटाङ, बराहपोखरी गाउँपालिका-२) र २८ वर्षीय खेटराज श्रेष्ठ (रामेछाप, मन्थली नगरपालिका-६) रहेका छन्।

न्यूरोड क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले ४२ लाख १० हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस