२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

अपडेट : भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कास्कीको सिनुवा

काठमाडौं । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस