२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

अब नयाँ नोटमा गभर्नरको हस्ताक्षर यस्तो हुनेछ

This Will Be the Governor's Signature on the New Banknotes

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन् । करिब डेढ महिना सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको रस्साकस्सीकाबीच सहमति भएसँगै मन्त्रीपरिषद्ले पौडेललाई नियुक्त गरेको हो ।

उनले नोटहरूमा हस्ताक्षर गर्दा आफ्नो पुरा नामलाई अण्डरलाईन गरेर दुई थोप्लाको प्रयोग गर्नेछन् । साथै, उनले आफ्नो नामलाई डिको भने दिँदैनन् । उनी १८ औं गभर्नरको रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका छन् ।

पौडेललाई अर्थमन्त्री नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको थियो । सिफारिस समितिको बैठकले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस