७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् । सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको हो। शपथ लिएसँगै गभर्नर पौडेलले बालुवाटारस्थित नेपाल राष्ट्र बैँकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन् ।
मन्त्रिपरिषदबाट नियुक्त भएका गभर्नरलाई प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार

