७ जेठ, सिरहा । लहान नगरपालिका–२४ का मौजे साहलाई उनकी पत्नी रितु साहले आफ्नो मिर्गौला दान गरेकी छन् । दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए ।
बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ । आर्थिक अवस्था कमजोरले स्थानीयहरूले केही रकम सहयोग जुटाएर उपचारका लागि दिएका छन् । अझै पैसा सहयोग गरिदिन सबैलाई आग्रह गरिएको परिवारका एक सदस्यले बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार

