२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दुई साँढेको जुधाइमा पर्यो स्कुटर, चालकको ढुकढुकी हुँदै अस्पताल पुर्याउँदा मृत घोषणा !

काठमाण्डौँ । दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् । स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिब साढे ८ बजे राइन मधेश प्र।०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए । जनकपुरधाममा छाडा चौपायाको व्यवस्थापनामा चासो नदेखाएकाले जोखिम बढेकोमा स्थानीय सरकारको गुनासो हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस