काठमाडौं । कोरियामा रोजगारीको अवसर खोजिरहेका नेपाली कामदारका लागि विशेष भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गर्दै परीक्षा मिति र सहभागीहरूको संख्या सार्वजनिक गरेको हो।
एकै दिन सञ्चालन हुने यो परीक्षामा ७९९ जना सहभागी हुने छन्। परीक्षा काठमाडौंको भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुनेछ।
ईपीएस (Employment Permit System) अन्तर्गत हुने विशेष भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरियामा रोजगारीको लागि आवेदन दिने प्रक्रिया अगाडि बढ्नेछ। रोजगारीको खोजीमा रहेका नेपाली युवाहरूका लागि यो परीक्षा महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार

