२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नागढुंगाबाट १२ किलो चाँदीसहित सिंह पक्राउ, के भन्छ प्रहरी ?

१३ जेठ , काठमाण्डौँ । काठमाडौंमा १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा चेकप्वाईन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित सोमबार राति एक जना पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पर्सा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा प्र ०१००३ ख ३७०१ नंको बसका सहचालक ३२ वर्षीय अनिशकुमार सिंहलाई पक्राउ गरेको हो । उनी बारा कलैया उपमहानगरपालिका ४ का स्थानीय हुन् ।

उनले बसमा लुकाएर सिक्री, चन्द्रमा, पाउजुलगायतका सामान ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीबाट बरामद भएको चाँदीका बिल फेला परेको थिएन । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस