२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

१५ दिनमा चार पटक सगरमाथा आरोहण: विश्व कीर्तिमानी २९ वर्षीय ताशीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८‍.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस