२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल बनाउन पैसा अभाव

१४ जेठ , काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गएको असोजमा १०, ११ र १२ को अविरल वर्षापछि २६ किलोमा सडक भासिएको थियो । त्यस क्षेत्रको ८५ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ ।

अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने देखिएको उनल बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस