काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलद्वारा अवरोध भएपछि गृहमन्त्री रमेश लेखकले बुधबार साँझ पत्रकार सम्मेलन गर्ने घोषणा गर्नुभएको छ। गृहमन्त्रीको निजी सचिवालयका अनुसार, उक्त पत्रकार सम्मेलन साँझ ५ बजे संघीय संसद भवन ल्होत्से हलमा आयोजना हुनेछ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयमा रहेका व्यक्तिको नाम जोडिएको आरोप लगाउँदै संसद बैठक अवरुद्ध गर्दै आएका छन्।
मंगलबार प्रतिपक्षी दलद्वारा अवरुद्ध भएको संसद बैठक बुधबार पनि जारी रह्यो। बैठक आधा घण्टाका लागि स्थगित गरिए पनि पुनः सञ्चालन गर्न नसकिएपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार

