२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज सुनको मूल्यमा भारी गिरावट

Gold Price Today Nepal

काठमाडौं। आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यो मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ थियो। यसअनुसार आज सुनको मूल्यमा ३ हजार १०० रुपैयाँको गिरावट आएको हो।

त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ। हिजो तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९५ रुपैयाँमा झरेको छ।

महासंघले सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार परिवर्तन हुने जनाउँदै आएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस