काठमाडौं । कर्मचारीको महंगी भत्ता रु पाँच हजारले बढेको छ। बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौैडेलले महंगी भत्ता पाँच हजार पुर्याइएको जानकारी दिए।
यो आउने साउनदेखि लागू हुनेछ। ‘आर्थिक दबाबका कारण राष्ट्रसेवक कर्मचारिको सेवा सुविधा समयसापेक्ष बढाउन सकिएन। महंगी भत्ता भने रु पाँच हजार पुर्याइएको छ’, पौडेलले भने। यसअघि महंगी भत्ता २ हजार रुपैयाँ मात्र थियो।
यसैगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पिईभीसी) मा लगानी गर्न पाउने भएको छ छ । कोषले पिईभीसीमा लगानी गर्न सक्ने कानुनी व्यवस्था तत्कालै बनाउने बजेटमा उल्लेख छ ।
कर्मचारी सञ्चय कोषले स्वास्थ्य उपचार सुविधा पनि सुरु गर्नेछ । कोषबाट दम्पतीको उपचार सुविधा लामो समयदेखि सञ्चालन रहेकोमा अबदेखि सन्ततिको पनि स्वास्थ्य उपचार सेवा सुरु हुनेछ । कोषले परिवारका अन्य सदस्यमा स्वास्थ्य उपचार सुविधा दिने भएको छ ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसदमा पेश गरेको बजेटमा कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका पति र पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यमा समेत विस्तार गर्ने बताए । सामाजिक सुरक्षा कोषसँगपनि यो सुविधा छ ।
यसैगरी सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने जनाएको छ।

