२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

८ वर्षीया बालिकालाई बिच्छीले टोक्यो, उपचारमै गयो ज्यान

www.janaboli.com;

१६ जेठ, काठमाडौँ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको वायाँ भागमा बिच्छीले टोकेको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पताल ल्याइएको थियो । सोही दिन राति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस