पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानूनी मान्यता दिएपछि यातायात व्यवसायीले विरोधमा गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन्।
व्यवसायीले १६ गतेदेखि गण्डकीमा र १९ गतेदेखि देशभर यातायात बन्द गर्ने चेतावनी दिएका छन्। सरकारले भने वार्ता गर्न आग्रह गरिरहेको छ।
व्यवसायीको आरोप, निजी सवारीलाई सार्वजनिकसरह मान्यता दिनु अन्यायपूर्ण र संघीय कानूनको उल्लंघन हो।
सरकारको भनाइ, सर्वोच्चको आदेशपछि नयाँ नियमावली ल्याइएको हो, जसअनुसार राइड सेयरिङ सेवामा आबद्ध सवारी दर्ता, अनुमति र नवीकरण अनिवार्य छ। पोखरा लगायतका ठाउँमा १६ हजार सवारी थन्किँदा सडक सुनसान भएका छन्।
प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार

