काठमाडौं । आज एकै दिन आँपको मूल्य ८६ रुपैयाँले घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो ।
बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य बिहीबारको तुलनामा आज शुक्रबार ८६ रुपैयाँले घटेको छ ।
बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा नै किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार

