२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राजपत्रमा प्रकाशित गर्दै आइतबार सार्वजनिक बिदा, लगातार दुई दिन बिदाको मज्जा

काठमाडौं । गृहमन्त्रालयले आइतबार सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने परम्परा रहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस