काठमाडौं । सरकारले भोलि (आइतबार) काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक विदा दिने भएको छ। मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा विदा दिइएको हो।
यसअघि नै सरकारले भोटो जात्राको दिन उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरी नेपाल राजपत्रमा प्रकाशन गरिसकेको थियो। तर, जात्रा पर्ने मिति तिथि अनुसार निर्धारण हुने भएकाले त्यसबेला मिति खुलाइएको थिएन।
भोटो जात्रा भोलि पर्ने पक्का भएपछि गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक विदाको जानकारी गराएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

