काठमाडौं । पूर्वमन्त्री अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ।
युवराज पौडेलले उच्च अदालत जनकपुरका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दिंदै न्यायिक परीक्षणसहित आवश्यक कारबाही गर्नुपर्ने माग गर्नुभएको हो।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार आलमलाई सफाइ दिएको थियो। सो फैसलालाई चुनौती दिँदै उजुरीमा न्याय सम्पादन र आदेशको परीक्षण गरी न्यायाधीशहरूलाई तत्काल निलम्बन गर्नुपर्ने भनिएको छ।
न्याय परिषद्ले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

