२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जब मन्त्री सवार गाडी मेलम्ची खोलामा फस्यो…

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी सिन्धुपाल्चोकको मेलम्ची खोलामा फसेको छ। शनिबार दिउँसो हेलम्बु गाउँपालिका–२ शेरास्थित रातो पुल नजिकै खोलो तर्ने क्रममा मन्त्री सवार गाडी बग्ने अवस्थामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रहरीका अनुसार मन्त्री अधिकारी कार्यक्रमका लागि जाँदै गर्दा उक्त गाडी खोलामा फसेको थियो। केहीबेर पानीमा रोकिएको गाडीलाई सुरक्षितरूपमा निकालिएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस