२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार ७०० रुपैयाँले बढेको सुनको मूल्य आइतबार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २८९.५७ अमेरिकी डलर र चाँदी ३२.९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस