काठमाडौं । सरकारले संसदमा आर्थिक विधेयक पेश गरेपछि आयातित मदिराको भन्सार दर चुपचाप घटाएको छ। सुरुवातमा प्रस्तावित दरले स्वदेशी उद्योगलाई असर पुर्याउने भन्दै विरोध भएपछि सरकारले विधेयकमा परिवर्तन गरेको हो।
पहिले प्रतिलिटर दरमा लाग्ने भन्सारलाई प्रतिशतमा रूपान्तरण गर्दै दर घटाइएको थियो, जसले विदेशी मदिरा सस्तो र स्वदेशी महँगो बनाउने अवस्था आयो। विरोधपछि सरकारले फेरि विधेयक संशोधन गरी उच्च दर लागू गर्ने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले यो छपाइ त्रुटि भएको दाबी गर्दै, यस्तो सुधार अघिपछि पनि हुने गरेको बताएको छ। यद्यपी बजेट बाचन गर्दा अर्थमन्त्रीले यथावत् रहने बताएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार

