२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज एक हजारले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

Today Gold price in Nepal

१९ जेठ, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार रूपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रूपैयाँका दरले किनबेच भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९८५ रूपैयाँका दरले किनबेच भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस