१९ जेठ , काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै मंगलबार पनि सार्वजनिक यातायात नचल्ने भएका छ्न ।
गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको हो । सोमबारको वार्ता निष्कर्षविहीन भएपछि मंगलबार साढे १० बजे पुनः वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो ।
प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार

