२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काग र लोखर्के जुध्दा सिंहदरबारमा बिजुली अवरूद्ध

२१ जेठ, काठमाडौँ । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि सिंहदरबारमा बिजुली अवरूद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार करिब एक घण्टादेखि सिंहदरबारमा बिजुली छैन ।

‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उनले भने, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ ।’ बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज पनि प्रभावित बनेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस