२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सापकोटा विरुद्ध सर्वोच्चको आदेश गम्भीर षड्यन्त्र भएको माओवादीको ठहर, शसक्त प्रतिवाद गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटा विरुद्ध द्वन्द्वकालीन मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई शान्ति प्रक्रियाका लागि राम्रो संकेत होइन भनेको छ।

पार्टीले मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हल हुनुपर्नेमा प्रहरी अनुसन्धानको आदेशले अनावश्यक विवाद निम्त्याउने ठहर गरेको छ। उपमहासचिव जनार्दन शर्माले अदालतको आदेशले शान्ति प्रक्रिया कमजोर बनाउने बताए भने नेता नारायणप्रसाद शर्माले यो माओवादीहरूलाई लक्षित षडयन्त्र भएको दाबी गरे।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस