काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
शुक्रबार प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार तीन हजार रुपैयाँले घटेर एक लाख ९० हजार सात सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार

