२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

देशभर गर्मी बढ्यो, बुधबारदेखि भारी वर्षा हुने

weather forecast nepal today

२६ जेठ , काठमाडौँ । देशको पश्चिमी र मध्य भूभागमा हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेका छन् भने कोशी प्रदेशमा भने मनसुनी वायु को प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीमै सीमित मनसुन अझै देशभर फैलन सकेको छैन ।

सोमबार देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । कोशी प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहँदै आएको छ। यद्यपि अधिकांश भू(भागमा मौसम अझै पनि मुख्यतः खुल्ला रहनेछ । मौसमविद्का अनुसार सोमबार र मंगलबार देशभर गर्मी अझै बढ्नेछ । मंगलबारदेखि वर्षाको क्रम सुरु हुने र बुधबारबाट तापक्रम घट्दै वर्षा बढ्दै जानेछ । महाशाखाकाको भनाइमा यो हप्ताभित्रै मनसुन नेपालभर फैलने सम्भावना प्रबल देखिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस