काठमाडौं । अहमदाबाद विमान दुर्घटनाबारे जानकारी दिंदै डीजीसीए (DGCA) ले भन्यो, एयर इन्डिया B787 विमान VT-ANB (अहमदाबादबाट ग्याटविकका लागि) उडान AI-171 सञ्चालन गर्ने क्रममा अहमदाबादबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त भयो। उक्त विमानमा २ जना पाइलट र १० जना केबिन क्रू सदस्यसहित कुल २४२ जना सवार थिए।
विमानको कमान क्याप्टेन सुमीत सभरवालले सम्हालेका थिए र फर्स्ट अफिसर क्लाइभ कुन्दर उनीसँग थिए। क्याप्टेन सुमीत सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव रहेको एलटीसी पाइलट हुन्। सह-पाइलटसँग १,१०० घण्टाको उडान अनुभव थियो।
एटीसीका अनुसार, विमानले रनवे २३ बाट स्थानीय समयअनुसार १३:३९ बजे अहमदाबादबाट उडान भरेको थियो। रनवे २३ बाट उडे लगत्तै विमान विमानस्थलको परिधिबाहिर खस्दै विशाल व्यापारिक भवनमा ठोक्कियो ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार

