२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नागढुङ्गामा हाइस भयानक दुर्घटना, दुई गम्भीर

"One killed and 12 injured in a bus accident in Sindhuli."

३१ जेठ , काठमाडौँ । चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।

नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि आज दिउँसो बा ३ ख ८३२९ नम्बरको हाइस दुर्घटना भएको हो । घाइतेको प्रहरी र सशस्त्रले उद्धार गरेका छन् । हाइस करिब ८० मिटर तल खसेको थियो । त्यसमा २० जना सवार थिए ।
दुर्घटनामा घाइतेको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । दुर्घटनामा ४ बालबालिका, ५ महिला र ११ पुरुष परेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस