काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा छाड्ने आदेश दिएको हो। यसअघि सोही मुद्दामा संलग्न भनिएका धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सो घटनासँग सम्बन्धित मुद्दामा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।
प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार

