२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस