काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएम (Organogram for Neglecting Manpower) विरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरू आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई सम्बोधन गर्दै खुला पत्र लेखिएको छ। पत्रमा प्रस्तावले रेडियोग्राफरहरूको पेसागत अस्तित्व मेटाउने प्रयास गरिएको आरोप लगाइएको छ।
‘इतिहास बनाउने धुनमा रेडियोग्राफरको अस्तित्व नै मेट्न खोजिएको छ’ भन्ने अभिव्यक्तिसहित खुला पत्र सार्वजनिक गरिएको हो। रेडियोग्राफरहरूको अनुसार प्रस्तावित ओएनएमले उनीहरूको पद, दरबन्दी, पदोन्नति र भविष्य नै अन्योलमा पारेको छ।
नीति बनाउने क्रममा विज्ञ, प्रविधिक तथा प्रत्यक्ष सेवा दिने जनशक्तासँग परामर्श नगरी, एकपक्षीय ढंगले निर्णय गरिएको भन्दै उनीहरूले यस्तो संरचना मन्त्रीकै स्थानीय सल्लाहकार र निजी सञ्जालको प्रभावमा बनेको आरोप पनि लगाएका छन्।
पत्रमा लेखिएको छ, ‘शिक्षा, अनुभव र सेवा इतिहासलाई बेवास्ता गरेर सिफारिसका आधारमा पदवृद्धि दिने कार्यले योग्यता भन्दा सम्बन्ध हावी भएको पुष्टि भएको छ। मन्त्रीज्यू, तपाईंकै मन्त्रालयले छात्रवृत्तिमा रेडियोग्राफी विषयमा स्नातकोत्तर उत्पादन गरिरहेको छ, तर नीति बनाउँदा तिनको नामै छैन।’
यसैबीच, बिहीबारदेखि देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरूले कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध सुरु गरेका छन्। सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा चलिरहेको यो आन्दोलन अहिले झनै व्यापक बन्दै गएको छ।
संघका अध्यक्ष दामोदर रोक्काले काठमाडौंलगायत सबै जिल्लामा सरकारी, अर्धसरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफरहरू कालोपट्टी बाँधेर विरोध जनाइरहेको जानकारी दिए। उनीहरूले मन्त्रालयलाई तत्काल सरोकारवाला पक्षसँग समन्वय नगरी नीति नबनाउन र रेडियोग्राफरको स्थान, दरबन्दी र पेसागत सम्मान सुनिश्चित गर्न आग्रह गरेका छन्। उनीहरूले आन्दोलनलाई अझ सशक्त बनाउन तयारी गरिरहेका छन्।
स्वास्थ्य मन्त्री र नीति निर्माताका नाममा लेखिएको खुला पत्र हेर्नुहोस्
“इतिहास बनाउने” धुनमा रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरूको अस्तित्व मेटाउने स्वास्थ्य मन्त्रीज्यू र उहाँका ‘विशेषज्ञ’ नीति–निर्माताहरूलाई —
नेपालभरिका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरूको स–प्रेम, स–क्रोध, स–व्यङ्ग्य अभिवादन ।मन्त्रीज्यू,
सर्वप्रथम, नमस्कार — तपाईंको त्यो “विकासमुखी” दृष्टिकोणलाई, जसको प्रत्येक अध्याय रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टको हैसियत मेटाउँदै सुरु हुन्छ। तपाईंले भन्नुभएको “ONM प्रस्ताव ऐतिहासिक कदम हो”, हामीका लागि त्यो इमेजिङ् मेसिनभित्र जबर्जस्ती पावरवाला पहुचावला गरिव बिरामीको पालो मिच्ने मानिस जस्तै असहज, र ‘प्रगति’को नाममा गरिने पेशागत वध हो। हामी त बिरामीको छाती, खुट्टा वा दिमाग स्क्यान गर्छौं, तर तपाईंले त यो प्रस्तावमार्फत हाम्रो अस्तित्व, सम्मान र भविष्य नै स्क्यान गरेर delete गर्न खोज्नुभयो।
ONM = Organogram for Neglecting Manpower
हामी दिनरात बिरामीको इमेजिङ् गर्छौँ, तर तपाईंको Organogram मा त हामी आफैँलाई इमेज खोजिरहेछौँ —
⛔ छुटेको दरबन्दी
⛔ हराएको भविष्य
⛔ अदृश्य पदोन्नति१) मेसिनहरूको परेड, मान्छेहरूको बहिर्गमन
हाम्रो स्वास्थ्य मन्त्रीज्यू र नीति–निर्माताहरूको अनुसार, अब हामीले बिरामी स्क्यान गर्न प्रयोग गर्ने यी मेसिनहरूको नयाँ “Full Form” यस्तो देखिन्छ:
CT = Cut the Technologist
MRI = Minister’s Random Imagination
USG = Useless Structural Guidelines
Fluoro = Fixing Light, Uprooting Operator
Cath-lab = Choose A Technician, Hah? – Leave and Bye!
OR C-Arm = Only Remote-control, Cut Away Real-man
SPECT = Select Policy, Exclude Critical Technologists
PET = Politically Erase Technologists
Mammography = Make A Machine, Miss A Geek
DEXA = Direct Exclusion of X-ray Associatesयही ‘Alphabet Soup’ मा नीतिको नुन मिसाएर रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्ट नै हराउनुभयो। मेसिन त लहरै ठडिन्छ — तर पावर बटन थिच्ने, प्रोटोकल सेट गर्ने, बिरामी सम्हाल्ने, डोज नाप्ने मान्छे कहाँ? अस्ति पत्रकार सम्मेलनमै त तपाईंले भन्नु भा’थ्यो — ‘हामीले MRI को लागि बजेट छुट्याएका छौं’ भनेर, त्यो पनि यस्तो जोशका साथ कि घाँटीको नसा झन्डै फुट्ने जस्तो लाग्थ्यो। ताली बजाइयो, मिडियामा हेडलाइन आयो — ‘इतिहास बनाउने मन्त्रीले MRI ल्याउने घोषणा गरे!’ जनप्रियताको सर्टकट खोज्दै, तपाईं ‘मेसिन आयो’ भनेर फोटोपोजमा मुस्काउँदै हुनुहुन्छ।
तर मन्त्रीज्यू, त्यो MRI कसले चलाउने? कसले imaging protocol बनाउने? patient safety हेर्ने? optimization गर्ने? scan quality सुनिश्चित गर्ने? तपाईंको Organogram मा Radiography Technologists नै छैनन् भने — के मेसिनले आफैं बिरामी सुताउने हो? आफैं report तयार गर्ने हो?”२)यो ‘इतिहास’ को जरो कहाँ छ?
सबैलाई थाहा छ — मन्त्रीज्यू, तपाईंको “विशेष परामर्शदाता” त तपाईंकै गाउँकै रेडियोलोजिस्ट हुनुहुन्छ। ONM त मन्त्रालयको बैठकमा होइन, तपाईंकै गाउँको डाइनिङ टेबलमा तयार भएको हो — र राजधानीमा त्यसलाई टाँसिँदा हामी रेडियोग्राफी टेक्नोलोजिस्टहरू ‘cut-paste error’ बन्यौँ। र मजाक के छ भने —
तपाईंकै बहालवाला उच्च स्वास्थ्य अधिकारीहरू नै भन्दैछन्, “हामीलाई त यो ONM के हो भनेर जानकारी नै दिइएको थिएन!” त्यसपछि पनि तपाईंले यसलाई “ऐतिहासिक निर्णय” भन्नुहुन्छ मन्त्रीज्यू? यो त ‘इतिहास’ होइन — तपाईंकै गाँउलेको इगो र तपाईंकै हनुमानको पृष्ठगाथा हो! जहाँ नीति भन्दा पहिले नाताले काम गर्छ, अनि निष्क्रियताको नाममा निर्णय लादिन्छ।३) शिक्षाको इज्जत होइन, सिफारिसको वजन?
मन्त्रीज्यू, हामीलाई बुझाइदिनुस् न — कसरी यस्तो पाठ्यक्रम, जसको नेपालमा Master’s त के, Postgraduate Diploma समेत छैन, त्यसले तपाईंको Organogram मा माथिल्लो दरबन्दी पायो? र रेडियोग्राफी टेक्नोलोजिस्टहरू — जसको Master’s Degree, दशौं वर्षको कार्यानुभव, र हरेक अस्पतालमा अदृश्य रीढको हड्डीझैं सेवा छ — तिनलाई किन तल झारियो? सरकार आफैले करोडौँ रुपैयाँ खर्च गरेर पूर्ण छात्रवृत्तिमा Master’s level Radiography जनशक्ति उत्पादन गरिरहेकै हो, तर नीति बनाउने बेलामा त्यस जनशक्तिको नामै छैन भने त्यो लगानी किन?
यो “शिक्षा” को इज्जत हो त? कि “सिफारिस” को वजन? हामीले त विश्वविद्यालयको परीक्षा दिँदा पास नम्बर ल्याउनुपर्थ्यो, तर तपाईंको नीति त Facebook Like र फोनको Caller ID हेरेर पास गरिन्छ जस्तो देखियो!
तपाईंको Organogram मा पढाइभन्दा घाँटीको नेटवर्क, योग्यता भन्दा गाउँको चिठ्ठी बलियो देखिन्छ।४) अब के हुन्छ भने…
मन्त्रीज्यू, तपाईंले Dialogue नगरेको हरेक दिन — हामी Diagnostic होइन, Therapeutic Step मा जान्छौँ:
📍 Strike Mode
📍 Protest Letter
📍 Nationwide Shutdown
अब हामी रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टको नसामा Contrast मात्र होइन, क्रोध बगिरहेको छ।५) समाधान–सूत्र:
✅ Organogram मा रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरूको स्पष्ट दरबन्दी र पदोन्नति संरचना राख्नुस्।
✅ Career Ladder बनाउनुहोस्
✅ नीति बनाउँदा सम्बन्धित पेशागत समूहसँग सार्थक छलफल गर्नुस् — हामी ‘Room Boy’ होइनौँ।६) अन्त्यमा…
मन्त्रीज्यू, इतिहास बनाउनुहोस् — तर इज्जत नबने, त्यो इतिहास Negative Film मात्र हुन्छ। आज हामी तपाईंलाई उस्तै पारदर्शी X-ray Plate जस्तै आफ्नो चित्कार देखाइरहेका छौँ — सुन्नुस्, समेट्नुस्, संवाद गर्नुस्।
नत्र… जब‐जब हामी रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरूले तपाईंलाई टाढाबाट देख्नेछौँ, फुसफुसाउनेछौँ— “ओहो, मान्छे हटाएर मेसिनलाई पदच्युत गरेर ‘इतिहास’ लेख्ने मन्त्री त आउनुभयो हे!” त्यस क्षण, सभा‑सभामा हाँसोको छाल भङ्गिनेछ र हामीले X‑ray प्लेटमा जस्तो खाली कङ्काल मात्र देखेजस्तो अनुभूति हुनेछ— आडम्बरले ढाकिएको, तर सारहीन।इति — स–क्रोध, स–व्यङ्ग्य
नेपालभरिका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरू — Diagnostic Room बाट सीधा तपाईंको कार्यकक्षसम्म।#SaveRadiographyProfession
#RejectONMProposal
#RespectRadiographersAndTechnologists
#dialoguenotdictate

