काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार

