दोहा । ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC) ले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको पुष्टि गरेको छ। IRGC का अनुसार, यो आक्रमण अमेरिकाले ईरानका परमाणु ठिकानाहरूमा गरेको हमलाको जवाफ स्वरूप गरिएको हो।
IRGC ले चेतावनी दिएको छ कि यदि आगामी दिनमा फेरि कुनै सैन्य कारबाही भयो भने, त्यसको अझ कडा र निर्णायक जवाफ दिइनेछ। उनीहरूले भनेका छन् कि यस क्षेत्रका अमेरिकी सैन्य अड्डाहरू अहिले कमजोर अवस्थामा छन्। साथै, ईरानले स्पष्ट पारेको छ कि आफ्नो सार्वभौमिकता र सुरक्षामाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको जवाफ अवश्य दिइनेछ।
प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार

