२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्दै, सबैभन्दा पहिले यसरी हेर्नुहोस्

११ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।

एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउन:

  • नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर (IVR) सेवामार्फत सुन्ने ।

  • जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।

  • आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

  • स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

  • अल स्टार आईटी सोलुसन्स: ३४३४९ मा एसएमएस पठाउने ।

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34349 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस