२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज सुनको मूल्यमा उच्च गिरावट, शुक्रबार प्रतितोला कति ?

gold price today nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा आइपुगेको छ ।

 

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस