२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजबाट सुनचाँदीको मूल्य तय भएन, के हो कारण ?

gold price today nepal

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई थप चर्काउँदै आज असार १५ गते सुनचाँदीको दैनिक मूल्य नै तय नगरी बजार ठप्प पारेका छन्। सामान्यतः हरेक बिहान करिब १०:३० बजे सार्वजनिक हुने सुन र चाँदीको मूल्य आज ननिस्कनु आन्दोलनकै असर हो।

सुनचाँदी व्यवसायीहरू बजेटमा लगाइएको नयाँ करप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि आन्दोलनमा छन्। चालु आर्थिक वर्षको बजेटले सुनमा २ प्रतिशत विलासिता कर थप गरेको छ भने गहनामा हिरा वा बहुमूल्य पत्थर जडान गर्दा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ। यही निर्णयको विरोधमा व्यवसायीहरूले मूल्य निर्धारण प्रक्रिया स्थगित गर्नुका साथै देशभरका पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन्।

आजबाट मूल्य प्रकाशनसमेत रोकिनु आन्दोलनको अर्को चरणका रूपमा लिइएको छ। पसलहरू बन्द गरिएकाले किनमेल ठप्प छ र कारोबार प्रभावित बनेको छ।

 

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस