२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बाढी पूर्वानुमान महाशाखाको अलर्ट : भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको भन्दै सतर्कता अपनाउन अलर्ट जारी गरेको छ।

विभागका अनुसार मंगलबार बिहान करिब ३:३० बजे रसुवा–स्याप्रुवेसीस्थित जलमापन केन्द्रमा बाढीको प्रवेश देखिएको थियो। त्यही बाढी बिहान ५ बजे त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रसम्म आइपुगेको महाशाखाले जनाएको छ। विभागका अनुसार बेत्रावती केन्द्रमा जलसतह करिब साढे दुई मिटरले वृद्धि भएको थियो, यद्यपि हाल केही घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिएको छ। विभागले आज दिउँसोसम्म यस क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको जनाएको छ। बाढी पूर्वानुमान शाखाले यो घटनाको नियमित अनुगमन गरिरहेको र बाढीको सम्भावित कारणबारे प्रारम्भिक अध्ययन सुरु गरिएको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस