काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। सहमति अनुसार, कर र भ्याटसम्बन्धी विवादमा अध्ययन गर्न कार्यदल गठन गरिनेछ र प्रतिवेदन नआएसम्म नयाँ कर र भ्याट लागू हुने छैन ।
सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय, राजस्व विभाग, भन्सार, राष्ट्र बैंक र व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
अबदेखि पसलहरू नियमित रूपमा खुल्नेछन्। व्यवसायीहरूले बजेटमा थपिएको २% विलासिता कर र १३% भ्याटको विरोधमा एक महिनादेखि आन्दोलन गरिरहेका थिए।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार

