२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएकोले महकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्सि आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो । जसका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस